२०८३ बैशाख ३ गते , विहीबार

खोटाङको सामुदायिक भवनमा आगलागी, तीन करोड भन्दा बढीको क्षति

sajilo news
झापा
२०८२ फाल्गुन ६ गते , बुधबार
खोटाङको सामुदायिक भवनमा आगलागी, तीन करोड भन्दा बढीको क्षति

खोटाङ साकेला गाउँपालिकाको सामुदायिक भवनमा आगलागी हुँदा तीन करोड १६ लाख ३६ हजार बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

गाउँपालिकाको स्टोर (भण्डारण गृह) र आवास गृहको रूपमा प्रयोग हुँदै आएको सामुदायिक भवनमा आज आगलागी भएको हो । आगलागी भएको जानकारी पाए लगत्तै घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय मात्तिमका टोली र स्थानीयवासीले करिब डेढ घण्टा लगाएर आगो निभाएको गाउँपालिकाका सूचना अधिकारी डिएम चाम्लिङले जानकारी दिए ।

आगलागीका घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश बुढाथोकीले जानकारी दिए ।

सम्बन्धित समाचार