२०८३ बैशाख ३ गते , विहीबार

मेचीनगरमा नवजात शिशु मृत फेला

sajilo news
झापा
२०८२ फाल्गुन ६ गते , बुधबार
मेचीनगरमा नवजात शिशु मृत फेला

मेचीनगर नगरपालिका भृकुटी चोकमा एक नवजात शिशु मृत फेला परेका छन् । आज बिहान ९ बजे भृकुटी चोकस्थित दीपक बरालको खाली जग्गामा अन्दाजी ३ महिनाको जस्तो देखिने सालनालसहितको लिङ्ग नछुटिएको नवजात शिशु बेवारिसे अवस्थामा मृत फेला परेका हुन् ।

थप अनुसन्धान तथा कानुनी प्रक्रियाको लागि इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट टोली खटिएर कानुनी प्रक्रिया तथा मुचुल्का कार्यपश्चात् शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार