२०८३ बैशाख ३ गते , विहीबार

स्कुटर चालकको मृत्युपछि ठक्कर दिने टिपर जलाइयो, बनेपा तनावग्रस्त

sajilo news
झापा
२०८२ फाल्गुन ६ गते , बुधबार
स्कुटर चालकको मृत्युपछि ठक्कर दिने टिपर जलाइयो, बनेपा तनावग्रस्त

अरनिको राजमार्ग अर्न्तगत काभ्रेको बनेपामा टिपरले स्कुटरलाई ठक्कर दिँदा चालकको मृत्यु भएको छ। बागमती प्रदेश ०१– ००४ क ३४२३ नम्बरको टिपरले बागमती प्रदेश ०२–०६३ प ९१८९ नम्बरको स्कुटरलाई आज बिहान दूरसञ्चार कार्यालय नजिकै ठक्कर दिएको थियो। घटनामा स्कुटरका चालकको मृत्यु भएको छ।
एकजना घाइते भएका छन्। उनीहरूको परिचय खुल्न सकेको छैन। अहिले सो क्षेत्र तानवग्रस्त बनेको छ। आक्रोशित स्थानीयले टिप्परमा आगजनी गरेका छन्।

स्थानीयलाई रोक्न केही सेल अश्रुयास र रबरको गोली चलाउनुपरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी प्रहरी नायव उपरीक्षक रविन विष्टले जानकारी दिए। राजमार्गमा सवारी आवागमन अवरुद्ध भएको छ।

सम्बन्धित समाचार