२०८३ बैशाख ३ गते , विहीबार

झापाको गौरादहमा मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु 

sajilo news
झापा
२०८२ फाल्गुन ४ गते , सोमबार
झापाको गौरादहमा मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु 

झापाको गौरादहमा मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरादह नगरपालिका-४ निवासी ५० वर्षीय भीमबहादुर दर्जी रहेका छन् । 

आज बिहान गौरादह- ४ मजुवास्थित भित्री सडक खण्डको मकैवारिको पानीमा दर्जी घोप्टो परी मृत अवस्थामा फेला परेका थिए । उनी सवार प्रदेश नम्बर १–०१–०१६ प ८९२४ मोटरसाइकल चल्न नसक्ने अवस्थामा घटनास्थलनजिकै फेला परेको थियो ।

घटनास्थलको प्रकृति हेर्दा उनी सवार मोटरसाइकल दुर्घटना परेको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । इलाका प्रहरी कार्यालय दमकबाट  खटिएको टोलीले कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमको लागि दमक अस्पताल पठाएको छ ।

सम्बन्धित समाचार