भद्रपुरमा ब्राउन सुगरसहित पाँच जना पक्राउ
भद्रपुरमा लागूऔषध ब्राउनसुगरसहित पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा भद्रपुर-८ सगरमाथा बस्ने वर्ष २८ का कृष्ण राजवंशी, सोही ठाउँ बस्ने वर्ष १८ का निशान मोहम्मद, वर्ष १९ का इमरान मोहम्मद , बिर्तामोड ३ बस्ने वर्ष २१ का निशान चौधरी र भद्रपुर १० बस्ने वर्ष २४ का मोहम्मद जाहित रहेका छन् ।
आज दिउँसो ३ः४० बजे भद्रपुर .८ सगरमाथा चोकमा लागू औषध सेवन गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय भद्रपुरबाट प्रहरी निरीक्षक मोतीलाल योन्जन तामाङको कमान्डमा प्रहरी टोली खटिएको थियो । सोही ठाउँ बस्ने जगतबहादुर मगरको घर भाडा लिई बस्ने निशान मोहम्मदसहित ५ जनाले लुकीछिपी लागू औषध सेवन गरिरहेको अवस्थामा उनीहरूको साथबाट प्लास्टिकबाहेक ९ ग्राम ५८० मिलिग्राम ब्राउन सुगर बरामद भएको हो ।
कृष्ण राजवंशीको नाममा रहेको मे १० प ३८ ७१ न.को मोटरसाइकलसहित नियन्त्रणमा लिई उनीहरूलाई वडा प्रहरी कार्यालय भद्रपुरबाट थप अनुसन्धान तथा कानुनी कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय झापा ल्याइएको प्रहरीले जनाएको छ ।