प्रज्ञा एकेडेमी चन्द्रगढीको वार्षिक उत्सव तथा फुड फेस्टिभल सम्पन्न
भद्रपुर । भद्रपुर-९ स्थित प्रज्ञा एकेडेमी चन्द्रगढीले ३५ औं वार्षिक उत्सव, पुरस्कार वितरण तथा फुड फेस्टिभल कार्यक्रम सम्पन्न गरेको छ । भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले कार्यक्रमको उद्घाटन गरेका थिए । प्रज्ञा एकाडेमीले यस पटक दुई दिन कार्यक्रममा मनाएका थिए । पहिलो दिन नर्सरीदेखि कक्षा ५ सम्म र दोस्रो दिन कक्षा ६ देखि १२ सम्मका विद्यार्थी तथा अभिभावकको उपस्थितिमा कार्यक्रम मनाएको हो ।

कार्यक्रममा विद्यालयमा लामो समयसम्म लेखापालको रुपमा सेवा गरेर अवकाश लिएकी पूर्व कर्मचारी कविता खनाल र सोही विद्यालयमा कार्यरत यमुना क्षेत्रीलाई नगद ११ हजार १११ सहित सम्मान गरिएको थियो । त्यस्तै सोही विद्यालयबाट २०६३ सालको एसएलसी परीक्षामा झापा टपर एवम् सारलेण्ड युनिभर्सिटी जर्मनीबाट विद्यावारिधि प्राप्त गरी रिसर्च वैज्ञानिकको रुपमा कार्यरत डा. प्रतीक भण्डारी र २०८१ सालको एसइइ परीक्षामा चार जीपीए ल्याएकी मिनुकुमार दासलाई नगद ११ हजार १११ सहित सम्मान गरिएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माया मैनाली पाण्डेको अध्यक्षता तथा भद्रपुर नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रज्ञा एकेडेमीका प्रधानाध्यापक इशुभ पाण्डेले विद्यालयको गतिविधि एवम् भावी शैक्षिक कार्यक्रमका बारेमा प्रकाश पारेका थिए । कार्यक्रममा नगर उपप्रमुख राधा कार्की, प्याप्सन भद्रपुरका अध्यक्ष भक्तबहादुर कार्की, भद्रपुर नगरपालिका शिक्षा शाखाका प्रतिनिधि प्रेमबहादुर भुजेल, प्रज्ञा एकेडेमी अभिभावक संघका सचिव देवीचरण भण्डारी, एमरेल्ड एकाडेमीका संस्थापक प्रिन्सिपल प्राडा. पृथ्वीविक्रम राई, लेखनाथ पुस्तकालयका सभापति नवराज घिमिरे, समाजसेवी डिल्लीराम खतिवडा, प्रज्ञा एकेडेमीका संस्थापक सदस्य लीलाराज खतिवडा, पूर्व शिक्षक राजेन्द्र खनाल, प्यावसन कोशी प्रदेश सचिव गौरीमान फागो, झापा जिल्ला उपाध्यक्ष एचके पाठक, जिल्ला सचिव एलपी उप्रेती, पत्रकारद्वय द्रोण अधिकारी र पार्थ मण्डल लगायतको उपस्थिति रहेको कार्यक्रममा अभिभावकहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा विद्यार्थीहरूलाई पुरस्कार वितरण गर्नुका साथै विद्यार्थीहरू आफैले उत्पादन गरेका खाद्य सामग्रीहरू समेत प्रदर्शन गरेका थिए । विद्यालयको शिक्षा प्रमुख शेखर पाण्डेले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन शिक्षकहरू बादल अधिकारी र हेमा प्रधानले गरेका थिए ।


.jpeg)
.jpeg)