२०८३ बैशाख ३ गते , विहीबार

अर्जुनधारामा मोटरसाइकल चलाउँदा चलाउँदै लडेर चालकको मृत्यु

sajilo news
झापा
२०८२ फाल्गुन २ गते , शनिबार
अर्जुनधारामा मोटरसाइकल चलाउँदा चलाउँदै लडेर चालकको मृत्यु

झापाको अर्जुनधारामा मोटरसाइकल चलाउँदा चलाउँदै बिरामीले च्यापेपछि लडेर चालकको मृत्यु भएको छ । हिजो साँझ ६ः५० बजे अर्जुनधारा– ८ बौद्ध गुम्बानजिकै सोही ठाउँका ३२ वर्षीय साजन गुरुङको मोटरसाइकलबाट लडेर मृत्यु भएको हो । प्र१–०१–०१६प ८८६४ नम्बरको मोटरसाइकल आफैले चलाएर प्रणामी मन्दिरबाट शनिश्चरेतर्फ जाँदै गर्दा स्वास्थ्यमा असहज भई रोक्ने क्रममा उनी लडेर बेहोस भएका थिए ।

उपचारको लागि शनिश्चरे अस्पताल पठाइएकोमा त्यहाँ सम्भव नभएपछि थप उपचार गर्न बीएण्डसी अस्पताल बिर्तामोड पठाइएकोमा चेकजाँच गर्ने क्रममा डाक्टरले मृत घोषणा गरेका थिए । मृतकको लास बीएण्डसी अस्पतालमा रहेको छ । उनलाई प्रेसर सम्बन्धी समस्या रहेको बुझिएको छ ।

सम्बन्धित समाचार