२०८३ बैशाख ३ गते , विहीबार
नेपाली नक्कली नोटसहित दुईजना पक्राउ
रौतहटमा नेपाली नक्कली हजार दरका १४ थान नोटसहित दुईजना पक्राउ परेका छन् । बिहीबार अपराह्न वृन्दावन नगरपालिका–१ विश्रामपुर बजारस्थित विशाल किराना पसलमा पेट्रोल किन्न पुगेका दुई जना नक्कली नोटसहित पक्राउ परेका हुन् ।
बीआर ३० एआर ७७५५ नम्बरको मोटरसाइकलमा आएका वृन्दावन–२ विश्रामपुरका ३२ वर्षीय दिनेश पटेल र सर्लाही बरहथवा नगरपालिका–१ का ३० वर्षीय विवेक प्रसाद यादव पक्राउ परेका हुन् ।
पसल सञ्चालकले दिएको नोट शङ्कास्पद देखिएपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि खटिएको प्रहरी टोलीले जाँच गर्दा दिनेश पटेलको गोजीबाट हजार दरका १२ थान र विवेक प्रसाद यादवले मोबाइल कभरभित्र लुकाएर राखेको हजार दरका २ थान गरी जम्मा १४ थान नक्कली नोट बरामद गरेको जनाएको छ । दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको