२०८३ बैशाख ३ गते , विहीबार

ह्याप्पील्याण्ड फनपार्कमा रोलर कोस्टरको डब्बा भुईँमा खस्यो, बालिकासहित चारजना घाइते

sajilo news
झापा
२०८२ माघ २४ गते , शनिबार
ह्याप्पील्याण्ड फनपार्कमा रोलर कोस्टरको डब्बा भुईँमा खस्यो, बालिकासहित चारजना घाइते

झापाको कनकाई नगरपालिका-२ स्थित ह्याप्पील्याण्ड फनपार्कमा रोलर कोस्टर (रेल गाडी) मा खेल्ने क्रममा एक बालिकासहित चार जना घाइते भएका छन् ।

आज दिउँसो २.५० बजे ह्याप्पील्याण्ड फनपार्कभित्र रोलर कोस्टर (रेल गाडी) मा खेल्ने क्रममा उक्त रोलर कोस्टरको एउटा डब्बा खुस्किएर भुईँमा झर्दा उक्त डब्बामा सवार चार जना घाइते भएका हुन् ।

घाइते हुनेहरूमा बुद्धशान्ति ४ बस्ने वर्ष ४५ की पेमा शेर्पा, सोही ठाउँ बस्ने प्रज्वल शेर्पाकी छोरी वर्ष ५ की शुविस्ना शेर्पा , वर्ष ३१ की प्रियंका शेर्पा र बिर्तामोड १ बस्ने वर्ष ५६ की डम्बरीकुमारी दर्जी रहेका छन् । घाइतेहरूलाई कनकाई नगर अस्पतालमा सामान्य उपचारपश्चात् थप उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएको छ ।

उपचारमा सोही फनपार्कका म्यानेजर लक्ष्मण सापकोटा र घाइतेका आफन्तहरू संलग्न रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार