२०८३ बैशाख ३ गते , विहीबार

 मेचीनगरको श्रीकृष्ण प्राविमा निःशुल्क आँखा शिविर, ३५० जनाले गराए जाँच

sajilo news
पार्थ मण्डल
२०८२ माघ ३ गते , शनिबार
 मेचीनगरको श्रीकृष्ण प्राविमा निःशुल्क आँखा शिविर, ३५० जनाले गराए जाँच

भद्रपुर । झापाको मेचीनगर नगरपालिका-१४ स्थित श्रीकृष्ण प्राविमा शनिवार वृहत निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । श्रीकृष्ण प्रावि र सोही विद्यालयका पूर्व विद्यार्थी समाजको संयुक्त आयोजनामा भएको शिविरमा ३५० जनाले आँखा जाँच गराएका थिए । 

मेची नेत्रालाय काँकडभिट्टाको प्राविधिक सहयोग तथा हेल्पिङ्ग ह्याण्ड्स हेल्थ एण्ड एजुकेसन युएसए र दुर्गाचन्द्र मेमोरियल ट्रष्ट झापाको सहकार्यमा भएको शिविरमा आँखा जाँचपछि १७५ जनाले रिडिङ्ग ग्लास प्राप्त गरेका थिए । 

त्यस्तै १८ जनामा मोतिया बिन्दुको समस्या देखिएको हेल्पिङ्ग ह्याण्ड्सका प्रतिनिधि कुमार अनुरागीले जानकारी दिए । मेची नेत्रालायका चिकित्सकहरू अनिल चौधरी, विकास शाह, प्राविधिकहरु ज्योति थापा, विकास श्रेष्ठ र किरण थापाले सहजिकरण गरेको कार्यक्रमको अध्यक्षता श्रीकृष्ण प्रावि व्यवस्थापन समितिका अध्यक्ष सृजना सुवेदी घिमिरे गरेकी थिइन् ।  यहाँ निम्न वर्ग समुदायको बसोबास रहेकोले उनीहरूको आँखा जाँच अति आवश्यक ठानेर यो शिविरको आयोजना गरिएको समितिका अध्यक्ष घिमिरेले बताइन् । 

अशक्त, गरिब तथा कमजोरी परिवारलाई लक्षित गरी श्रीकृष्ण प्राविका पूर्व विद्यार्थी समाजले यो शिविर सञ्चालन गरेको समाजका अध्यक्ष मिलन शिवाकोटीले जानकारी दिए । कार्यक्रममा श्रीकृष्ण प्राविका प्रधानाध्यापक सिताराम थापा लगायतको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन विद्यालयका पूर्व व्यवस्थापन समितिका अध्यक्ष अनिल ढुङ्गानाले गरेका थिए ।  

सम्बन्धित समाचार