२०८३ बैशाख ३ गते , विहीबार
खुल्यो 'म्यादी प्रहरी’ का लागि भर्ना, दरखास्त फाराम पुस २५ गतेदेखि
आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि एक लाख ३४ हजार निर्वाचन प्रहरी (म्यादी प्रहरी) का लागि भर्ना खुलेको छ। प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभाग (भर्ना छनोट शाखा) ले १ लाख ३३ हजार ९८० म्यादी प्रहरीका लागि दरखास्त आह्वान गरेको हो ।
दरखास्त फाराम पुस २५ गतेदेखि माघ १ गतेसम्म बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म सम्बन्धित जिल्ला प्रहरी कार्यालय तथा काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रहरी परिसरबाट बुझाउन सकिनेछ। निर्वाचन प्रहरीका लागि आवेदन दिने उम्मेदवारको उमेर १८ वर्ष पूरा भई ५४ वर्ष कायम गरिएको छ।
छनोट प्रक्रिया माघ १४ गते सम्बन्धित प्रहरी कार्यालयमै सञ्चालन हुनेछ। छनोटको अन्तिम नतिजा माघ १७ गते प्रकाशन गरिने र प्रशिक्षण माघ १८ गतेदेखि शुरू हुने सूचनामा उल्लेख छ। म्यादी प्रहरीको सेवा अवधि नियुक्ति मितिदेखि जम्मा ४० दिन रहनेछ।

