२०८३ बैशाख १३ गते , आईतबार
आज दिनभर तराईमा हुस्सु लाग्ने
देशभर पश्चिमी वायुको आंशिक प्रभाव छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार बिहान तराईका केही स्थानमा हुस्सु्कुहिरो लाग्नुका साथै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली छ।
आज दिउँसो तराई भूभागका अधिकांश स्थानमा हुस्सु र कुहिरो रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाको अनुमान छ।
त्यस्तै आज राति तराई भूभागका अधिकांश स्थानहरूमा हुस्सु रहनेछ भने गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।