२०८३ बैशाख १९ गते , शनिबार

अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसको अवसरमा भद्रपुरमा दीप प्रज्वलन

sajilo news
झापा
२०८२ पौष ३ गते , विहीबार
अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसको अवसरमा भद्रपुरमा दीप प्रज्वलन

भद्रपुर । आज नेपालसहित विश्वभर अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ ।  हरेक वर्ष डिसेम्बर १८ मा मनाइने यो दिवस आप्रवासी श्रमिक तथा उनीहरूका परिवारका सदस्यहरूको अधिकार, सम्मान र सुरक्षाबारे विश्व समुदायको ध्यानाकर्षण गराउने उद्देश्यले मनाइन्छ। यसै सन्दर्भमा भद्रपुर नगरपालिकाले अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसको अवसरमा दीप प्रज्वलन गरेको छ ।

श्रम आप्रवासनका चक्रमा सुशासन: सुरक्षित, मर्यादित र सीपयुक्त आप्रवासन भन्ने नारासहित कार्यक्रममा सहभागीहरूले आज साँझ नगरपालिका परिसरमा दीप प्रज्वलन गरेका हुन् ।

यस दिवसले आप्रवासी श्रमिकको योगदानको सम्मान गर्दै उनीहरूको जीवन सुरक्षित, सम्मानजनक र अधिकारयुक्त बनाउन सरकार, रोजगारदाता र समाज सबैलाई जिम्मेवार बन्न आह्वान गरिएको सुरक्षित आप्रवासन परियोजना (सामी) का कार्यक्रम संयोजक शेखर बुढाथोकीले जानकारी दिए ।  भद्रपुर नगरपालिकाकी उपप्रमुख राधा कार्कीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोरखनाथ मिश्र लगायत कर्मचारी, विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । 

सम्बन्धित समाचार