२०८२ मंसीर १२ गते , शुक्रबार

पशुपतिनाथ मन्दिरभित्रका फलामे बार हटाइने

sajilo news
रासस
२०८२ मंसीर ११ गते , विहीबार
पशुपतिनाथ मन्दिरभित्रका फलामे बार हटाइने

काठमाडौँ ।  विश्वसम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ मन्दिरबाट फलामका बार हटाइने भएको छ ।  पशुपतिनाथ मूल मन्दिरभित्र भक्तजनलाई लाममा राख्न सजिलो हुने भनेर राखिएको फलामको बारले सम्पदालाई असर गर्ने भएपछि हटाउने तयारी गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषका निमित्त सदस्यसचिव सुभाषचन्द्र जोशीले मूल मन्दिरभित्र लाम व्यवस्थित गर्न राखिएको फलामलाई काठ र डोरीले प्रतिस्थापित गरिने जानकारी दिए । 

पुरातत्त्व विभागले पनि कोषलाई फलामका बार र फलामबाट बनाइएको आकाशे पुल हटाउन भनेको थियो । विभागका प्रमुख पुरातत्त्व अधिकृत सन्दीप खनालले विश्वसम्पदा क्षेत्रलाई यसरी राखिएका फलामे सामग्रीले असर गर्ने भएपछि हटाउन पत्राचार गरिएको जानकारी दिए ।

सम्बन्धित समाचार