२०८२ मंसीर १२ गते , शुक्रबार
झापामा जंगली च्याउ खाँदा दुई जना बिरामी
झापाको अर्जुनधारामा जंगली च्याउ खाँदा दुई जना बिरामी परेका छन् । अर्जुनधारा नगरपालिका–१, शान्ति चोक निवासी ३४ वर्षीया मुना खनाल र उनका घरमा आएका पाहुना भाइ जंगली च्याउ खाँदा बिरामी परेका हुन् ।
घर छेउकै जंगलबाट ल्याएको च्याउ तरकारीका रुपमा पकाएर खाँदा उनीहरू बिरामी परेको जनाइएको छ । उनीहरूको शंकर अस्पताल शनिश्चरेमा भर्ना गरेर उपचार सुरु गरिएको बताइएको छ । अस्पतालबाट प्राप्त जानकारी अनुसार, घटना स्थलगत निरीक्षणका लागि जिल्ला प्रहरी कार्यालयको टोली डिल्ली बहादुर भुजेलको कमान्डमा खटिएका थिए ।