२०८२ मंसीर १२ गते , शुक्रबार

‘स्टुडेन्ट अफ द इयर नेपाल’ रियलिटि शो सुरु हुँदै, पहिलो अडिसन बिर्तामोडमा

sajilo news
पार्थ मण्डल
२०८२ कार्तिक २५ गते , मंगलबार
‘स्टुडेन्ट अफ द इयर नेपाल’ रियलिटि शो सुरु हुँदै, पहिलो अडिसन बिर्तामोडमा

झापा । नेपालकै सबैभन्दा ठूलो विद्यार्थी ट्यालेन्ट हन्ट कार्यक्रम ‘स्टुडेन्ट अफ द इयर नेपाल २०२५’ हुने भएको छ ।आयोजकले झापाको बिर्तामोडमा मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी टिभी रियलिटि शो ‘स्टुडेन्ट अफ द इयर नेपाल २०२५’ को घोषणा गर्दै अडिसन भएको बारेमा जानकारी गराएको हो । 

यस विद्यार्थी ट्यालेन्ट हन्ट प्रतियोगितामा १३ वर्षदेखि २१ वर्ष समूह अर्थात् कक्षा ८ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरूले आफूभित्र लुकेका जुनसुकै प्रतिभालाई प्रस्तुत गर्ने अवसर पाउनेछ । 

देशभरिका ११ शहरमा हुने अडिसनमध्ये यही मंसीर ६ गते पहिलो अडिसन झापाको बिर्तामोडस्थित  लिटल फ्लावर्स  इङ्लिस स्कुलमा हुने कार्यक्रमका जर्ज एवम् युवा वैज्ञानिक आरिफ अलिले बताए । 

बिर्तामोडपछि धरान, विराटनगर, जनकपुर, चितवन, पोखरा, बुटवल, धनगढी, ललितपुर, भक्तपुर र काठमाडौँ अडिसनको तालिका सार्वजनिक भइसकेको उनले बताए । 

प्रतियोगीहरूले रेजिष्ट्रेशन शुल्क ९ सय ९९ रुपैयाँ बाहेक अन्य कुनै प्रकारको शुल्क तिर्नुपर्दैन । देशभरिका अडिसनबाट पहिलो चरणमा २०० प्रतियोगी छनौट गरी काठमाडौँ लगिन्छ । दोस्रो चरणमा ४० जना र तेस्रो चरणमा १० प्रतियोगी छनौट गरी अन्तिममा विजेता चुनिने उनको भनाई छ । यो कार्यक्रम हिमालय टिभी र ओसीआर रियलिटिबाट प्रसारण हुनेछ । 

‘यो कार्यक्रमको मुख्य उद्देश्य नेपालभरिका विद्यार्थीहरूमा लुकेका प्रतिभा खोजी गर्नु, तिनीहरूलाई राष्ट्रिय स्तरमा परिचित गराउनु र उनीहरूको आत्मविश्वास तथा सिर्जनात्मक क्षमतालाई उजागर गराउनु नै हो,’ उनले भने । 

त्यस्तै स्टुडेन्ट अफ द ईयरका क्रिएटिभ हेड ईमरान अलिले यो प्रतियोगिता केवल प्रतिस्पर्धा नभएर नेपालका विद्यार्थीहरूको सम्भावनालाई विश्वसामु देखाउने एउटा राष्ट्रिय अभियान रहेको बताए ।  अनुमानित एक करोड रुपैयाँ खर्च हुने यस प्रतियोगिताको विजेताले नगद ५ लाखसहित ट्रफी र ५ लाख बराबरको छात्रवृत्तिसहित विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गर्ने उनले बताए । 

स्टुडेन्ट अफ द ईयरका प्रोड्यूसर दिव्य सापकोटाले विद्यार्थीहरूले एउटै प्लेटफर्म आफ्नो प्रतिभा देखाउन यस प्रकारको रियलिटि शो नेपालमै पहिलो पटक भएकोले सम्पूर्ण विद्यार्थीहरूलाई सहभागिताका अनुरोध गरेका छन् । उनका अनुसार कार्यक्रमका जर्जहरू मोटिभेशनल स्पिकर तथा पूर्व बैंकर अनिल केशरी साह, अभिनेत्री प्रियङ्का कार्की र युवा वैज्ञानिक आरिफ अलि रहेका छन् । कार्यक्रम सञ्चालिका लोकप्रिय टिकटकर तथा फेसन मोडेल इभा गिरी रहेकी छिन् । 

त्यस्तै स्टुडेन्ट अफ द ईयरका कार्यक्रम संयोजक आश्विन तिम्सिनाले यस प्रतियोगितालाई सफल बनाउन प्यावसन र नेपाल जेसीजले देशभरबाट सहयोग गर्ने प्रतिबद्धता जनाएको बताए । विद्यार्थीहरूले आफूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म चिनाउने यो एउटा अवसर पनि रहेको उनको भनाई छ । 

 

सम्बन्धित समाचार