२०८२ आश्विन २० गते , सोमबार

बाढीले झापा गाउँपालिकास्थित सानोमाई खोलाको पुल भत्कायो

sajilo news
पार्थ मण्डल
२०८२ आश्विन १९ गते , आईतबार
बाढीले झापा गाउँपालिकास्थित सानोमाई खोलाको पुल भत्कायो

झापा गाउँपालिकास्थित सानोमाई खोलाको पुल बाढीले भत्काएको छ । बाढीले पुल भत्काउँदा झापा बजार, मिलन बस्ती तथा सुगा बथान जोड्ने हुलाकी सडक खण्ड अवरुद्ध बनेको छ । झापा बजारबाट पश्चिम पट्टि हुलाकी राजमार्गमा रहेको पक्की पुल भत्किएको झापाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिए ।

कनकाई, सानोमाईमा आएको बाढीले त्यस क्षेत्र डुबानमा परेको थियो । उच्च पानीको बहावका कारण पुललाई क्षति गरेको जनाइएको छ । अविरल वर्षापछि आएको बाढीले झापा गाउँपालिकामा १५ सय भन्दा बढी घरका सदस्यहरू विस्थापित भएका छन् । 

सम्बन्धित समाचार