२०८२ आश्विन २१ गते , मंगलबार

एसियन हाइवेको डाइभर्सन बगाउँदा झापामा यातायात अवरुद्ध

sajilo news
झापा
२०८२ आश्विन १९ गते , आईतबार
एसियन हाइवेको डाइभर्सन बगाउँदा झापामा यातायात अवरुद्ध

झापामा भारी वर्षाका कारण पूर्व पश्चिम राजमार्ग अवरुद्ध भएको छ । वर्षाले पानीको बहाव बढेपछि निर्माणाधीन एसियन हाइवेको डाइभर्सन ठाउँ ठाउँमा बगाउँदा सवारी आवागमन अवरुद्ध भएको हो ।

काँकडभिट्टाको काली खोलामा बनाइएको डाइभर्सनमा ओभरफ्लो भएर माथिबाट पानी बगिरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख गणेश पौडेलले जानकारी दिए । त्यस्तै माइधार र दुधेबिच भोला खोलाको डाइभर्सन बगाउँदा यात्रुहरू अलपत्र परेको उनले बताए । डाइभर्सन बगाउँदा साना दुरीका सवारीसाधन चले पनि लामो दुरीका सवारीसाधन नचलेको उनको भनाई छ । लामो दुरीका सवारी साधनहरूलाई हिजैबाट चल्न सरकारले रोक थियो । 

सम्बन्धित समाचार