२०८२ आश्विन २१ गते , मंगलबार

इजरायली आक्रमणमा परी मृत्यु हुने पत्रकारहरूको सङ्ख्या २५४ पुग्यो

sajilo news
एजेन्सी
२०८२ आश्विन १७ गते , शुक्रबार
इजरायली आक्रमणमा परी मृत्यु हुने पत्रकारहरूको सङ्ख्या २५४ पुग्यो

सन् २०२३ अक्टोबर– ७, देखि गाजा पट्टीमा भएको इजरायली आक्रमणको क्रममा मृत्यु भएका प्यालेस्टिनी पत्रकारहरूको सङ्ख्या २५४ पुगेको जनाइएको छ।

एक विज्ञप्ति जारी गर्दै गाजाको सरकारी मिडिया कार्यालयले पत्रकार सामी दाउद र याह्या मोहम्मद बर्जाकको मृत्यु घोषणा भए पछि इजरायली युद्ध सुरु भएदेखि मारिएका प्यालेस्टिनी पत्रकारको सङ्ख्या २५४ पुगेको जनाएको हो।

कार्यालयले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ, अरब पत्रकार महासङ्घ र विश्वभरिका सबै पत्रकार सङ्गठनहरूलाई गाजा पट्टीमा पत्रकार र मिडिया व्यवसायीहरू विरुद्धको यी “व्यवस्थित अपराध“ को निन्दा गर्न आह्वान गरेको छ।

यसले नरसंहारको अपराध रोक्न, गाजा पट्टीमा पत्रकार र मिडिया पेशेवरहरूको सुरक्षा गर्न र हत्याको अन्त्येको “गम्भीर र प्रभावकारी दबाब“ का लागि पनि सम्बन्धित पक्षलाई सहयोगका लागि आह्वान गरेको छ।

सम्बन्धित समाचार