२०८२ आश्विन २१ गते , मंगलबार

शिक्षकहरूको तलब निकासा नगर्नेलाई कारबाही गर्ने शिक्षामन्त्री पुनको चेतावनी

sajilo news
झापा
२०८२ आश्विन ११ गते , शनिबार
शिक्षकहरूको तलब निकासा नगर्नेलाई कारबाही गर्ने शिक्षामन्त्री पुनको चेतावनी

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले चाडबाडको बेला शिक्षकहरूको तलब रोक्ने विद्यालयका प्रधानाध्यापकहरूलाई कारबाही गर्ने चेतावनी दिएका छन्।

शनिबार फेसबुकमा स्ट्याटस लेखेर मन्त्री पुनले चाडबाडमा विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकले तलब निकासा नगरिदिएको भन्ने गुनासो आएको बताउँदै आइतबारभित्र तलब निकासा गर्न चेतावनी दिएका हुन्।

उनले मन्त्रालयले शिक्षकहरूको तलब निकासा गरिसकेको पनि बताएका छन्। ‘शिक्षा मन्त्रालय बाट तलब पहिले नै विद्यालयहरूमा पठाइसकिएको छ। भोलि सम्ममा कुनै नाजायज र अन्यायपूर्ण तरिकाले तलब नपाएको शिक्षकहरूको तलब निकास नगरेमा त्यस्ता विद्यालयका प्रधानाध्यापकलाई नियमानुसार कारबाही गरिनेछ,’ उनले लेखेका छन्।

सम्बन्धित समाचार