२०८३ बैशाख २६ गते , शनिबार

तीन जना सवार मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु

sajilo news
झापा
२०८२ आश्विन १० गते , शुक्रबार
तीन जना सवार मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु

धनुषामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।  मृत्यु हुनेमा जनकनन्दिनी गाउँपालिका– ५ बनरझुलाकम १८ वर्षीय अमित यादव र १६ वर्षीय कुश मिश्र छन्।

धनुषाको कमला नगरपालिका–२ माची र लगमाको बीचमा पर्ने खोक्साहा पुल नजिक मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा दुवैजनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

पछाडि सवार १७ वर्षीय राहुल महतो गम्भिर घाइते छन्। उनको उपचार जनकपुर प्रादेशिक अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ। विहीबार राति साढे १० बजेतिर कमला नगरपालिका–३ लगमा बजारमा आयोजन हुँदै आएको झिझिया नाच हेर्नका लागि भारतीय नम्बर प्लेटको हिरो स्प्लेण्डर मोटरसाइकल चढेर जाँदै गर्दा दुर्घटना भएको थियो। दुर्घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

सम्बन्धित समाचार