२०८३ बैशाख २६ गते , शनिबार

किन झुण्डाइन्छ कागती र खुर्सानी ?

sajilo news
झापा
२०८२ आश्विन १० गते , शुक्रबार
किन झुण्डाइन्छ कागती र खुर्सानी ?

हामीले प्रायः पसल र सवारी साधनको अगाडि कागती र खुर्सानीको माला झुण्डिएको देख्ने गर्छौं। यसको कारण खराब नजरबाट बच्ने विश्वाससँग जोडिएको बताइन्छ। साथै, यसले भविष्यमा हुन सक्ने दुर्घटना वा क्षतिबाट पनि जोगाउने धारणा रहिआएको छ। यद्यपि कतिपयले यसलाई अन्धविश्वास ठान्छन्, तर पनि कागती–खुर्सानीको माला प्रयोग गर्ने प्रचलन कायम नै छ।

व्यवसाय वा मेसिनरी उपकरणमा जोखिम कम गर्न कागती–खुर्सानी प्रयोग गर्ने परम्परा पुरानो छ। यसलाई वास्तु दोष हटाउने उपाय मानिन्छ। घर वा पसल वरिपरि कागतीको रुख भए वातावरण स्वच्छ रहन्छ र मानसिक दृष्टिले सकारात्मक प्रभाव पार्छ भन्ने विश्वास पनि पाइन्छ। तर, सबैलाई कागतीको रुख लगाउन सम्भव नहुने भएकाले एक दाना कागती झुण्ड्याउने परम्परा चलनमा आएको हो।

धागोमा उनेर राखिएको कागतीबाट निस्किने रसले सुगन्ध फैलाउँछ, जसले वातावरणलाई ताजगी दिन्छ। यसको गन्धले मानिसको भावनालाई स्वच्छ राख्न सहयोग गर्नुका साथै कीराहरूलाई पनि भगाउने गर्छ। तर, कागती कुहिन नदिन एक साताभित्र परिवर्तन गर्नुपर्छ। हावालाई स्वच्छ बनाउन कागतीको अमिलोलाई उत्तम मानिन्छ भने खुर्सानीको रागले पनि प्राकृतिक रूपमा वातावरण शुद्ध पार्ने विश्वास गरिएको छ।

 

सम्बन्धित समाचार