२०८३ बैशाख २६ गते , शनिबार

झापामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

sajilo news
झापा
२०८२ आश्विन ९ गते , विहीबार
झापामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

झापामा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड नगरपालिका-७ का २७ वर्षीय सहिल मो मिया रहेको भनी पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रबहादुर खडकाले जानकारी दिए । गएराति बिर्तामोड नगरपालिका- ७ खालबाडीस्थित नामथर वतन नखुलेको तराई मूलको जस्तो देखिने अन्दाजी ३५ वर्षीय पुरुषलाई एउटा जंगली हात्तीले आक्रमण गरेको थियो ।

हात्तीले कुल्चँदा उनको आन्द्राभुँडी बाहिर निस्की घोप्टो परेको अवस्था शव फेला परेको डीएसपी खडकाले बताए । मृतकको पहिचान तत्काल खुलेको थिएन ।  घटना स्थलमा इलाका प्रहरी कार्यालय बिर्तामोडको टोली खटिएर अनुसन्धान गरिरहेको जनाइएको छ । 

 

सम्बन्धित समाचार