२०८३ बैशाख २६ गते , शनिबार

मन्त्री घिसिङको आग्रह- दसैँमा सडक सुरक्षामा विशेष ध्यान दिनुहोला

sajilo news
झापा
२०८२ आश्विन ८ गते , बुधबार
मन्त्री घिसिङको आग्रह- दसैँमा सडक सुरक्षामा विशेष ध्यान दिनुहोला

भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले दसैँमा यात्रा गर्ने चालक र यात्रुलाई सडक सुरक्षामा विशेष ध्यान दिन आग्रह गरेका छन्।

उनले बुधवार फेसबुकमार्फत सार्वजनिक सन्देश दिँदै यात्रामा सजगता अपनाउन अनुरोध गरेका हुन्।मन्त्री घिसिङले चालकलाई गति नियन्त्रणमा राख्न, मदिरा सेवनपछि कुनै हालतमा पनि सवारी नचलाउन र लामो यात्रामा निस्कनु अघि आवश्यक विश्राम लिन आग्रह गरेका छन्। ’यात्रुलाई आफ्नै परिवारझैँ सम्झेर सुरक्षित गन्तव्यसम्म पु¥याउनुहोस्,’ उनले भनेका छन्।
यात्रुलाई पनि क्षमताभन्दा बढी यात्रु चढेको सवारीमा नचढ्न, चालकलाई अनावश्यक दबाब नदिन र सुरक्षाका आवश्यक सावधानी अपनाउन मन्त्री घिसिङको सुझाव छ।
’यस दशैँमा हाम्रो उद्देश्य केवल गन्तव्यमा पुग्नु मात्र होइन, सुरक्षित र खुसीसाथ पुग्नु पनि हो,’ उनले सन्देशमा उल्लेख गरेका छन्। सडक सुरक्षा जीवन सुरक्षासँग सम्बन्धित रहेको र जीवन सुरक्षाले नै परिवारको खुशी सुनिश्चित गर्ने उनले बताए ।

सम्बन्धित समाचार