२०८३ बैशाख २६ गते , शनिबार

घरको छतबाट खसेर एक जनाको मृत्यु

sajilo news
मोरङ
२०८२ आश्विन ८ गते , बुधबार
घरको छतबाट खसेर एक जनाको मृत्यु

विराटनगरमा घरको छतबाट खसेर एक जनाको मृत्यु भएको छ । मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले विराटनगर महानगरपालिका–११ का ५६ वर्षीय राजेन्द्रप्रसाद पौडेलको मृत्यु भएको जानकारी दिइन् । 

पौडेल ३ तले घरको छतमा थिए । गएराति ११:४५ बजेतिर ३ तलामाथिको छतबाट खसेर गम्भीर घाइते भएका उनलाई उद्धार गरेर उपचारका लागि विराट नर्सिङ होम पुर्‍याइएको थियो ।

अस्पताल पुर्‍याउनसाथ चिकित्सकले मृत घोषित गरिदिएको प्रहरीले जनाएको छ । पौडेल के गर्ने क्रममा घरको छतबाट खस्न पुगेका हुन् भनेर यकिन हुन बाँकी रहेको र घटनाको थप अनुसन्धान भइरहेको डीएसपी चुँडालले बताइन् । शव हाल विराट नर्सिङ होममै छ । 

सम्बन्धित समाचार