२०८२ मंसीर १२ गते , शुक्रबार

कक्षा १२ को पूरक परीक्षा आज र भोलि

sajilo news
झापा
२०८२ आश्विन ७ गते , मंगलबार
कक्षा १२ को पूरक परीक्षा आज र भोलि

जेनजी आन्दोलनले रोकिएको कक्षा १२ को पूरक परीक्षा मंगलबार र बुधबार हुँदैछ । भदौ २८ र २९ गतेका लागि तय गरिएको परीक्षा रोकिएको थियो । राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालयका अनुसार परीक्षा बिहान ११ बजे शुरु हुनेछ । 

पहिलो दिन मंगलबार अनिवार्य अंग्रेजी, एक विषयमा मात्र परीक्षा दिने परीक्षार्थीका सबै विषय, दुई विषयमा परीक्षा दिने परीक्षार्थीका लागि आफूले परीक्षा दिने विषयहरुमध्येको सानो कोड भएको विषयको परीक्षा हुनेछ । तर, अनिवार्य अंग्रेजी र नेपाली दुवै विषयको परीक्षा दिने परीक्षार्थीले पहिले दिन अंग्रेजी र दोस्रो दिन नेपालीको परीक्षा दिनुपर्नेछ । 

दुई विषयमा परीक्षा दने परीक्षार्थीका लागि भोलि ठूलो कोड भएको विषयको परीक्षा हुनेछ । अंग्रेजी विषयको परीक्षा पहिलो दिन अर्थात् ७ गते नै तोकिएको छ । 

सम्बन्धित समाचार