२०८२ मंसीर १२ गते , शुक्रबार

रोकिएको कक्षा १२ को परीक्षा असोज ७ र ८ गते हुने

sajilo news
झापा
२०८२ आश्विन १ गते , बुधबार
रोकिएको कक्षा १२ को परीक्षा असोज ७ र ८ गते हुने

कक्षा १२ को पूरक परीक्षाको नयाँ तालिका सार्वजनिक भएको छ । जेनजी आन्दोलनका कारण रोकिएको भदौ २८ र २९ गतेको परीक्षा यही असोज ७ र ८ गते सञ्चालन हुनेगरी बोर्डले तालिका निकालेको हो।

संशोधित तालिकाअनुसार ७ गते अनिवार्य अंग्रेजी (००४१), एक विषयमा मात्र परीक्षा दिने परीक्षार्थीका सबै विषय, दुई विषयमा परीक्षा दिने परीक्षार्थीका लागि आफूले परीक्षा दिने विषयहरुमध्येको सानो कोड भएको विषयको परीक्षा हुनेछ । अनिवार्य अंग्रेजी र नेपाली दुवै विषयको परीक्षा दिने परीक्षार्थीले भने पहिलो दिन अंग्रेजी र दोस्रो दिन नेपालीको परीक्षा दिनु पर्नेछ ।

यस्तै ८ गते दुवै विषयमा परीक्षा दने परीक्षार्थीका लागि आफूले परीक्षा दिने विषयमध्येको ठूलो कोड भएको विषयको परीक्षा हुनेछ। 

सम्बन्धित समाचार