सामाजिक सञ्जाल बन्दको विरोधमा झापामा प्रदर्शन
झापामा सामाजिक सञ्जाल बन्दको विरोधमा प्रदर्शन गरेको छ । आज साँझ बुद्धशान्ति गाउँपालिका –३ स्थित बुधवारे चोकमा राप्रपानिकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठन बुद्धशान्ति गाउँ समितिको आयोजनामा प्रदर्शन गरिएको हो ।
राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका बुद्धशान्ति गाउँ समिति अध्यक्ष सुशान्त सुवेदीको नेतृत्वमा युवा विद्यार्थीहरूलगायत करिब ३० जना उपस्थितिमा सरकारले गरेको सामाजिक सञ्जाल बन्दको विरोधमा “सरकार बदलिँदा प्रवृत्ति किन बद्लिँदैन, भ्रष्टाचार रोके भने नेपाल धनी बन्नेछ तर नेताहरूले रोक्न चाहेका छैनन्, विकास बजेट सडकमा हैन नेताको घरमा पुग्छ, देशलाई परिवर्तन गर्ने शक्ति युवामा छ, तर भ्रष्टाचारले उनीहरूलाई विदेश धकेल्दै छ ”जस्ता नाराहरू लेखिएको प्लेकार्ड बोकेर युवाहरूले विभिन्न नारा लगाउँदै शान्तिपूर्ण विरोध प्रदर्शन गरेका थिए