इराकमा बन्धक नेपाली युवालाई धमाधम उद्धार गर्दै एनआरएनए
आकर्षक रोजगारीको प्रलोभनमा परी इराक पुगेका दुई नेपाली युवालाई उद्धार गरी नेपाल फर्काईएको छ। गौरआवासीय नेपाली संघ (एनआरएनए) इराकले बल बहादुर कुमाल र किरण केसीलाई उद्धार गरी नेपाल फर्काएको हो।
एनआरएनए इराकका अध्यक्ष बिनोद श्रेष्ठका अनुसार बग्दादमा ६ जनालाई बन्धक बनाई राहदानी नदिएको दुई जना जेलमा भएको उद्धारका लागि सहयोग अपिल आएको थियो। जेलमा परेका दुई नेपाली पहिले नै उद्धार गरी स्वदेश पठाईएको र बाँकी चार जनाको लागि लगातार एजेण्ट सँग समन्वय गरिएको अध्यक्ष श्रेष्ठले बताए।
समन्वय गर्दा पनि राहदानी राख्ने,भिसा निकाल्ने व्यक्ति फरक -फरक हुँदा राहदानी दिलाउन पनि अत्यन्तै गाह्रो भएको थियो। अध्यक्ष श्रेष्ठको निरन्तर प्रयास पश्चात् चारै जनालाई राहदानी हस्तान्तरण गरिएको थियो। सकेसम्म काम गर्नको लागि सहजीकरण गरिएको भएपनि बल बहादुर र किरणले जसरी पनि नेपाल फर्कने अडान लिएका थिए।
त्यसपछि उनीहरु एजेन्ट सँग समन्वय गरी नेपाल फर्काउन सफल भएको एनआरएनएले जनाएको छ। बाँकी रहेका दुई नेपाली मध्ये बिजय कुमार बिक काममा लागेका छन भने अर्का प्रवेश नेपालीपनि स्वदेश फर्किने तयारीमा रहेको बताईएको छ।
साथै,एनआरएनएले नेपालबाट बग्दाद धेरै तलबको लोभमा नआउन र आउनै परे एकपटक यहाँको बारेमा बुझेर मात्र आउन अनुरोध गरेको छ। यहाँ तपाईले आएर काम खोज्नु पर्ने हुन्छ अकामा बन्दैन धेरै समस्याहरु छन केही व्यक्तिले राम्रो हुन्छ भन्दैमा नहाम्फाल्न पनि अपिल गरेको छ । नेपाल सरकारले प्रतिबन्ध लगाएको इराकमा २० हजार भन्दाबढी नेपाली कामदार कार्यरत रहेका छन्।
गैरकानुनी बाटो हुदैँ इराक पुगेका नेपाली कामदारले समस्यामा पर्दा धेरै खालको सास्ती झेल्नु परेको छ। इराकमा २० हजार भन्दाबढी नेपाली कामदार कार्यरत रहेका छन्। सरकारले इराक गन्तव्यमा प्रतिबन्ध लगाउँदा दलालहरुलाई मात्र फाइदा पुगेको त्यहाँस्थित बिभिन्न नेपाली संगठनहरुले बताउने गरेका छन्।
दलालले पछिल्लो समय भारतको बाटो हुदैँ इराक,जोर्डन, दुबई, कतार, साउदी अरेबिया, कुवेत ओमान लगायतका मुलुकमा नेपाली महिला कामदार पठाउने गरेका छन् । गैरकानुनी बाटोबाट विदेश पठाउने क्रम बढ्दा मानव तस्करहरू मालामाल बनिरहेका छन् । यो खबर राजधानी दैनिकमा छ ।