२०८२ मंसीर १२ गते , शुक्रबार

कक्षा १२ सम्म निःशुल्क शिक्षाको माग गर्दै भद्रपुर नगरपालिकालाई ज्ञापनपत्र

sajilo news
झापा
२०८२ भाद्र २० गते , शुक्रबार
कक्षा १२ सम्म निःशुल्क शिक्षाको माग गर्दै भद्रपुर नगरपालिकालाई ज्ञापनपत्र

भद्रपुर । सरकारी विद्यालयमा कक्षा १२ सम्म निःशुल्क शिक्षाको माग गर्दै भद्रपुर नगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ । सचेतना अभियान संयोजक बिकिन काम्बाङ लिम्बुको नेतृत्वमा गएको विद्यार्थीहरूको टोलीले विभिन्न बुँदामा माग राख्दै नगरपालिकालाई ज्ञापनपत्र बुझाएको हो ।

नगरपालिका समक्ष सामुदायिक विद्यालयतर्फ नगरभित्रका सरकारी विद्यालयमा कक्षा १२ सम्म निःशुल्क शिक्षा हुनुपर्ने, पाठ्य पुस्तक निःशुल्क वितरण गर्नुपर्ने, जुत्ता मोजा टाई, बेल्ट निःशुल्क वितरण गर्नुपर्ने, विद्यालयको विभिन्न गतिविधि माथि निःशुल्क गर्नुपर्ने र स्वच्छ पिउने पानी तथा सफा चर्पीको व्यवस्था गर्नुपर्ने माग राखिएको छ । त्यस्तै निजी विद्यालयतर्फ परीक्षाको समयमा शुल्क नतिरिएको बहानामा आधा घण्टा सम्म विद्यार्थीलाई बाहिर राख्ने प्रवृत्ति तुरुन्त बन्द गर्नुपर्ने, निजी विद्यालयले प्रमाणपत्र विना विद्यार्थी भर्ना बन्द गर्नुपर्ने,३। निजी विद्यालयहरूले मनोमानी रुपमा शुल्क लिने गरेकोलाई छड्के चेकजाँच गरी कारबाहीको दायरामा ल्याउनु पर्ने र स्वच्छ पिउने पानी तथा सफा चर्पीको व्यवस्था गर्नुपर्ने माग राखिएको छ । ज्ञापनपत्रमा भनिएको छ, भद्रपुर नगरपालिकाको सम्पूर्ण निजी तथा सामुदायिक विद्यालयहरूको शिक्षा योजना समस्या समाधानको लागि साथै शिक्षा सरकारको दायित्व भित्र पर्ने र सबै विद्यार्थीहरूलाई आवश्यकता अनुसारको शिक्षा प्रदान गर्ने स्थानिय प्रणालीको जिम्मेवारी हो भन्ने मान्यता अनुरूप निःशुल्क र अनिवार्य विद्यालय शिक्षाको कदमहरू चाल्नुपर्ने अर्को शब्दमा भन्दा शिक्षा नै भविष्य र विकासको मेरुदण्ड हो ।

यस कारण कोही पनि बालबालिका शिक्षाबाट वञ्चित हुन नपरोस् र नेपाल सरकारको शिक्षा ऐन २०७५ को निःशुल्क शिक्षा अवधारण साथै संयुक्त राष्ट्र सङ्घको जम्टियन सम्मेलन सन् १९९० र डाकर सम्मेलन सन् २००० लाई उदाहरण लिँदै यस नगरको बालबालिका तथा विद्यार्थीहरूको उज्ज्वल भविष्यको लागि नगर स्वयमको भूमिका रहेको हुँदा निजी तथा सामुदायिक विद्यालयहरूमा भएको समस्याहरू बुँदागत रुपमा राखेका छौँ । यस विषयमा स्थानिय तहको ध्यानाकर्षण गराउँदै गम्भीर रुपामा लिई दिन हुनका लागि हार्दिक अनुरोध गर्दछौ । साथै नगरले बेवास्ता गरे वा अनजान बने स्वयम हामी सचेतक युवाहरूद्वारा घोर आपत्ति जनाउने र अन्त्यमा विकल्प स्वरूप सचेतक युवाहरू आवश्यक कदम उठाउने र भोलीका दिनमा यस विषयमा अप्रिय घटनाहरू घटे स्थानिय निकाय नै जिम्मेवारी तथा जबाफदेही हुनुपर्ने उल्लेख छ । 

सम्बन्धित समाचार