२०८३ बैशाख १५ गते , मंगलबार
झापामा १४ वर्षीया बालिकामाथि जबरजस्ती करणी गर्ने युवक पक्राउ
झापाको बुद्धशान्तिमा १४ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा ताप्लेजुङ सिदिङवा गाउँपालिका–३ का १९ वर्षीय जीवन कटुवाल रहेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
गत असार १४ गते राति करिब १०:३० बजे बुद्धशान्ति गाउँपालिका –१ होक्सेमा घटना भएको उल्लेख पीडितकी कान्छी आमाले सोमबार साँझ इलाका प्रहरी कार्यालय धुलाबारीमा दिएको जाहेरीमा उल्लेख छ। जाहेरी दर्ता भएपछि प्रहरीले कटुवाललाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।