२०८२ मंसीर ११ गते , विहीबार
मातृशोकमा रहेका क्रिकेटर ललितको घरमा पुगे राज्यमन्त्री राजवंशी
कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास राज्यमन्त्री भूमिप्रसाद राजवंशीले नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य ललित राजवंशीको आमाको निधनप्रति दुःख व्यक्त गरेका छन्।
राज्यमन्त्री राजवंशीले आज विहान विराटनगर-१४ जतुवास्थित राजवंशी निवासमा पुगेर ललित र उनको परिवारलाई भेटी शोक समवेदना प्रकट गरेका छन्।

उनले दिवंगत आमाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारलाई धैर्य धारण गर्ने शक्ति प्रदान गर्न भगवान्सँग प्रार्थना गरेका छन्। राष्ट्रिय क्रिकेट टोलीका बलर ललित राजवंशी हाल आमा शुभकुमारी राजवंशी गुमाएको पीडामा छन्। उनको आमाको हिजो निधन भएको थियो ।