२०८३ असार २ गते , मंगलबार
सरकारी मोटरसाइकलको दुरुपयोग प्रकरण : कचकवलका वडा सचिवलाई रु ५०० जरिवाना
कचकवल । ट्राफिक प्रहरीले कचकवल गाउँपालिका–५ का वडा सचिव दिनेशकुमार गणेशलाई कारबाही गरेको छ । बिदाको दिन सरकारी नम्बर प्लेट भएको मोटरसाइकलको दुरुपयोग गर्दै भारतीय भूमिमा प्रवेश गरी ट्राफिक नियमसमेत उल्लङ्घन गरेको भन्दै सचिव गणेशलाई ट्राफिक प्रहरीले कारबाही गरेको हो ।
कारबाही स्वरूप उनलाई रु ५०० जरिवाना तिराइएको छ । उनलाई एक पटकलाई सचेत गराउँदै सामान्य जरिवाना तिराइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । गत साउन १७ गते शनिवार सार्वजनिक बिदा दिन सचिव गणेश परिवारका सदस्यलाई चढाएर भारत बिहार किशनगन्ज जिल्लास्थित सीमावर्ती बजार कादोगाउँ गएका थिए । उनले चलाएको मोटरसाइकलको फोटोसहित टाइम्स अफ प्रदेशमा समाचार प्रकाशन गरिएको थियो ।
यो पनि पढनुहोस् ।