२०८३ असार २ गते , मंगलबार

झापामा सरकारी गाडीको चरम दुरुपयोग, सम्बन्धी निकाय किन मौन ?

sajilo news
झापा
२०८२ श्रावण १७ गते , शनिबार
झापामा सरकारी गाडीको चरम दुरुपयोग, सम्बन्धी निकाय किन मौन ?

झापामा सरकारी गाडीको चरम दुरुपयोग बढ्दो छ । सरकारी सवारीसाधानको नियमन गर्ने निकाय मौन हुँदा यसको दुरुपयोग बढदै गएको हो । यसै क्रममा कचकवल गाउँपालिका–५ का वडा सचिवले प्रयोग गर्दै आएको सरकारी नम्बरको मोटरसाइकल शनिवार भारत बिहार किशनगन्ज जिल्लास्थित कादोगाउँमा देखिएको छ।

उक्त मोटरसाइकलमा ट्राफिक नियम विपरीत तीन जना सवार देखिएको हो।वडा सचिवले आफ्नो नातामा पर्नेलाई भारत छाडन गरेको बताइएको छ । जुन कानुन विपरित हो । कार्यालय समयबाहेक तथा सार्वजनिक बिदा सरकारी सवारीसाधन चलाउनु पर्ने भए जिल्ला प्रशासन कार्यालयको अनुमित पत्र लिनुपर्ने कानुनी प्रावधान रहेको छ । तर, वडा सचिवले कानुनको पनि ठाडो उल्लङ्घन गरेको यो तस्बिरले प्रस्टाएको छ । 

नेपालको कानुन अनुसार सरकारी नम्बर प्लेटको सवारीसाधन भारत लैजान पाइँदैन । तर, जिल्लाका सीमा नाकाहरूमा सरकारी सवारीसाधनको जनप्रतिनिधि र कर्मचारीले चरम दुरुपयोग गर्दै आइरहेको पाइएको छ । यसको नियमन गर्ने जिल्ला प्रशासन कार्यालय झापा र जिल्ला ट्राफिक कार्यालय झापा मौन देखिएको छ । 

सम्बन्धित समाचार