२०८२ फाल्गुन २८ गते , विहीबार

दुर्गा प्रसाईंलाई २८ लाख धरौटीमा छाड्न उच्च अदालतको आदेश

sajilo news
झापा
२०८२ श्रावण १९ गते , सोमबार
दुर्गा प्रसाईंलाई २८ लाख धरौटीमा छाड्न उच्च अदालतको आदेश

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न आदेश भएको छ। तीनकुनेमा भएको राजावादीको प्रदर्शनपछि पक्राउ परेका प्रसाईंलाई उच्च अदालत पाटले बैंकिङ कसूरसहितको मुद्दामा २८ लाख धरौटीमा छाड्न आदेश दिएको हो।

न्यायाधीशद्वय टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको इजलासले उक्त आदेश दिएको हो। 'घटना विवरण कागज गर्ने व्यक्तिहरुले गरेको कागज, सह-प्रतिवादीहरुले अनुसन्धानमा गरेको बयान, छानबिन समितिको प्रतिवेदन बेहोरा समेतलाई मध्यनजर गरी मिसिल संलग्न तत्काल प्राप्त प्रमाणहरूबाट यी प्रतिवादी दुर्गा प्रसाद प्रसाई निर्दोष रहेछन् भनी अहिले नै भन्न सकिने अवस्था नदेखिँदा साथै निज क्यान्सर रोगबाट पीडित रहेको भन्ने निजले पेश गरेको प्रमाणबाट देखिन आएबाट समेत पछि थप प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने गरी हाल मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ र ७२ समेतका आधारमा यी प्रतिवादी दुर्गा प्रसाद प्रसाईबाट रु.२५,००,०००।- (अक्षेरुपी पच्चिस लाख रुपैयाँ) नगद धरौट वा बैंक जमानत दिए लिई मुद्दाको पूर्पक्षका लागि तारेखमा राख्नुहोला,' आदेशमा भनिएको छ।  त्यस्तै बैंकिङ कसूर मुद्दामा प्रसाईंसँग थप ३ लाख धरौटी माग गरिएको हो।

सम्बन्धित समाचार