२०८३ असार २ गते , मंगलबार

आज यी स्थानमा भारी वर्षाको सम्भावना ?

sajilo news
झापा
२०८२ श्रावण १९ गते , सोमबार
आज यी स्थानमा भारी वर्षाको सम्भावना ?

देशभर मनसुनी वायुको प्रभाव छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको उत्तरतर्फ तराई नजिक अवस्थित छ। देशभर पूर्णतया बदली रहेको छ। कोशी, मधेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर साधरणतया बदली रहनेछ। सबै प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोशी, मधेश, बागमती, गण्डकी  लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।  कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ।

सम्बन्धित समाचार