२०८३ असार २ गते , मंगलबार

बर्षाले जमिन भासिँदा मेचीनगरमा घर भत्कियो, २० लाखको क्षति

sajilo news
झापा
२०८२ श्रावण १८ गते , आईतबार
बर्षाले जमिन भासिँदा मेचीनगरमा घर भत्कियो, २० लाखको क्षति

झापामा भान्सा घर र पर्खाल भत्किँदा २० लाखको क्षति भएको छ । अविरल वर्षाका कारण आज दिउँसो १ः४५ बजे मेचीनगर नगरपालिका–६ पिङकीठ्याक बस्ने ज्ञानबहादुर गिरीको जस्ताको छाना भएको एकतले भान्सा घर र पर्खाल भत्किएको हो । बर्षाले जमिन भासिँदा भान्सा घर र पर्खाल पूर्णरुपमा भत्किँदा अन्दाजी २० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापा प्रहरीले जनाएको छ । 
गिरी सुत्ने कोठा भने सुरक्षित छ । माटो भासिएकोले उनको घर पनि जोखिममा रहेको जनाइएको छ । घटनास्थलमा इलाका प्रहरी कार्यालय काँकडभिट्टा टोली पुगेको थियो ।

सम्बन्धित समाचार