२०८३ असार २ गते , मंगलबार

बिजुलीको पोलबाट करेन्ट लागेर भद्रपुरमा एउटा गाई मर्‍यो

sajilo news
झापा
२०८२ श्रावण १७ गते , शनिबार
बिजुलीको पोलबाट करेन्ट लागेर भद्रपुरमा एउटा गाई मर्‍यो

भद्रपुरमा बिजुलीको पोलबाट करेन्ट लागेर एउटा गाईको मृत्यु भएको छ ।  आज बिहान साढे ११ बजे भद्रपुर नगरपालिका–५ स्थित झिम्की चोकमा रहेको बिजुली पोलको सहायक तारबाट करेन्ट चुहावट हुँदा स्थानीय पवित्रा यादवको गाई घटनास्थलमै मरेको हो । ट्रान्समिटरबाट भुईँमा गाडिएको सपोर्टिङ तारमा पानी परेर लाइन प्रवाह हुँदा गाईलाई लागेको स्थानीयले बताएको छ । घटना पश्चात् वडा प्रहरी कार्यालय भद्रपुर र नेपाल विद्युत् प्राधिकरणका कर्मचारी घटनास्थल पुगेका थिए । 

 

सम्बन्धित समाचार