२०८३ असार २ गते , मंगलबार

सुनसरीको पोखरीमा डुबेर एक पुरुषको मृत्यु

sajilo news
रासस
२०८२ श्रावण १६ गते , शुक्रबार
सुनसरीको पोखरीमा डुबेर एक पुरुषको मृत्यु

धरान । यहाँको इटहरी उपमहानगरपालिका–१८ डकाहास्थित पोखरीमा डुबेर स्थानीय ४८ वर्षीय सञ्जिव चौधरीको मृत्यु भएको छ । आज साँझ करिब ६ बजे आफ्नै माछा पोखरीमा माछा मार्ने क्रममा चौधरी डुबेर बेपत्ता भएका थिए ।

घटनापछि सशस्त्र प्रहरी बल नं १ बराह बाहिनी मुख्यालय सुनसरीबाट खटिएको गोताखोर तथा विपद् व्यवस्थापन टोलीले खोजी गरेको थियो ।

सो टोलीले साँझ करिब ७ः३० बजे मृत अवस्थामा फेला पारेको सशस्त्र प्रहरी बल नेपाल नं ४ गण मुख्यालय सुनसरीका प्रमुख निर्मलकुमार थापाले जानकारी दिए  ।

सम्बन्धित समाचार