बिर्तामोडका उपप्रमुख र वडाध्यक्षबीच फेसबुके विवाद : नगरपालिका घेराउ गर्दै तीन दलको नाराबाजी
बिर्तामोड नगरपालिकाका नगर उपप्रमुख नगेन्द्रप्रसाद सङ्ग्रौला र वडाध्यक्ष अजय कार्कीबीचको फेसबुके विवादलाई लिएर राजनीतिक दलहरू अझ आक्रोशित भएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीले उपप्रमुख सङ्ग्रौलालाई कारबाहीको मागसहित नगरपालिका कार्यालयअगाडि नारा जुलुस गरिरहेका छन् । बाक्लो सङ्ख्यामा रहेका प्रहरीले उनीहरूलाई नगरपालिका गेटभित्र प्रवेश गर्न दिएको छैन । भित्र प्रवेश गर्न नपाएपछि गेट बाहिर उनीहरूले नारा जुलुस र कोणसभा गरेका छन् ।
बिर्तामोड ३ को नवदुर्गा मन्दिर परिसरमा भेला भई राप्रपा बिर्तामोड नगर अध्यक्ष लक्ष्मी गौतमको नेतृत्वमा करिब ५०/६० जनाको उपस्थितिमा विरोध र्याली निकाली नगरपालिका परिसरमा पुगेर नाराबाजी गरेका थिए ।
‘सामाजिक सञ्जालको दुरुपयोग बन्द गर ,बिर्तामोडका अराजक उपमेयरलाई कारबाही गर ,अराजक उपमेयर मुर्दावाद ,सत्ताको आडमा गरिने गुण्डागर्दी बन्द गर ’ जस्ता नारा लगाएका थिए ।