२०८२ मंसीर १२ गते , शुक्रबार

५ वर्षकी छोरी च्यापेर कहाँ गइन रुधरानी ?

sajilo news
पत्रपत्रिका
२०८२ श्रावण ९ गते , शुक्रबार
५ वर्षकी छोरी च्यापेर कहाँ गइन रुधरानी ?

धनगढी । कैलालीको धनगढीबाट एक महिला घरबाट छोरी सहित सम्पर्कविहीन भएकी छन् । धनगढी उप‐महानगरपालिका–७ मनेहरा सिमलटोलकी २० वर्षीया रुधरानी चौधरी आफ्नो पाँच वर्षकी छोरीसहित एक हप्तादेखि सम्पर्कविहीन भएको उनको परिवारले जनाएको छ ।

रुधरानीकी आमा आरती चौधरीले लामो समयदेखि छोरीले घरमा श्रीमानबाट शारीरिक र मानसिक यातना खेप्दै आएको बताईन् । उनको पाँच वर्ष अघि कैलालीको भजनीका घनश्याम चौधरीसँग प्रेम विवाह भएको थियो ।

रुधरानीले एक महिनाअघि माईत आएर श्रीमानले यातना दिने गरेको बताएकी थिइन । तर, घरका मान्छे आएर जबरजस्ती लगेको र बेला–बेलामा धम्की दिने गरेको समेत रुधरानीकी आमा आरतीले बताईन ।

रुधरानीले छोरीको जन्मदर्ता र आफ्नो नागरिकता समेत साथमै लगेको र छोरी हराएको बारेमा प्रहरीमा उजुरी पनि दिएको उनले बताइन् । उनी गत बिहिवारबाट सम्पर्कविहीन भएकी हुन् । उनले ९८१२६२८३२९ नम्बरमा रुधरानी चौधरीलाई देख्नेलाई सम्पर्क गर्न आग्रह गरेकी छन् ।

रुधरानी छोरीसहित सम्पर्कविहिन भएको भनेर खोजबिनका लागि निवेदन आएको छ । त्यस बारेमा आवश्यक अनुसन्धान र खोजबिन भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ  । यो खबर राजधानी दैनिकमा छ । 

सम्बन्धित समाचार