२०८३ बैशाख १५ गते , मंगलबार

एउटै डोरीमा झुन्डिएको अवस्थामा दिदीबहिनी मृत भेटिइन्

sajilo news
काठमाडौं
२०८२ श्रावण ८ गते , विहीबार
एउटै डोरीमा झुन्डिएको अवस्थामा दिदीबहिनी मृत भेटिइन्

भक्तपुरमा दिदीबहिनी मृत फेला परेका छन्। एउटै डोरीमा झुन्डिएको अवस्थामा दुई जना किशोरीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ। सुर्खेत पञ्चपुरी न.पा ८ घर भई हाल मध्यपुर थिमि नगरपालिका–८ बोडे सिन्टिटारस्थित डेरामा बस्दै आएका किशोरीहरू १७ वर्षीया मेनुका र उनकी बहिनी १५ वर्षीया श्रृजना कँडेल मृत फेला परेको प्रहरीले जनाएको छ।

कँडेल दिदीबहिनी चक्रधर प्रजापतिको दुई तले घरको भुईँ तलामा बस्थे। उनीहरू बिहान पौने ७ बजे कोठाकै प्यासेजमा झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

सम्बन्धित समाचार