२०८३ बैशाख १५ गते , मंगलबार
मलद्वारमा ब्राउनसुगर ल्याउने इलामका युवक मेची पुलमा समातिए
मेची पुलमा लागूऔषध ब्राउनसुगरसहित इलामका एक युवक पक्राउ परेका छन् । बिहीबार साँझ ५ ३० बजे मेचीनगर नगरपालिका ६ स्थित पुरानो मेची पुलमा भारतको पानीट्याङ्कीबाट नेपालतर्फ सिटी सफारीमा आउँदै गरेका इलाम नगरपालिका ११ बस्ने १८ वर्षीय ईछिङ एक्तेन लागूऔषध ब्राउनसुगरसहित पक्राउ परेका हुन् ।
शंका लागेर शरीर तलासी लिने क्रममा उनको मलद्वारबाट ७ ग्राम १३० मिलिग्राम ब्राउनसुगर बरामद भएको थियो । लागू औषधसहित उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको छ ।