२०८३ बैशाख १५ गते , मंगलबार
झापाको कनकाईमा दिनदहाडै चोरी
झापाको कनकाईमा दिनदहाडै चोरी भएको छ । आज दिउँसो १ बजेतिर कनकाई नगरपालिका-५ त्रिवेणी टोल बस्ने टिका तामाङको घरमा कोही नभएको अवस्थामा उनको एक तले पक्की घरको मेन ढोका फुटाई कोठामा दराजभित्र रहेको नगद ५० हजार , सात आनाको सुनको तिलहरी , एक आनाको कानमा लगाउने सुनको जुली गरी जम्मा १लाख ५० बराबरको धनमाल चोरी भएको हो ।
तामाङले इलाका प्रहरी कार्यालय सुरुङ्गामा मौखिक जानकारी गराउनसाथ टोली खटिएर एक जना महिलालाई सोधपुछ तथा अनुसन्धानको लागि कार्यालयमा ल्याएको जनाइएको छ ।