२०८२ मंसीर १२ गते , शुक्रबार

के तपाई रोजगारीका लागि साउदी जाँदै हुनुहुन्छ ? यी कुरा बुझेर मात्रै जानुहोला ?

sajilo news
पत्रपत्रिका
२०८२ असार ३२ गते , बुधबार
के तपाई रोजगारीका लागि साउदी जाँदै हुनुहुन्छ ? यी कुरा बुझेर मात्रै जानुहोला ?

वैदेशिक रोजगारीका क्रममा साउदी अरेबियामा रहँदा ध्यान दिनुपर्ने विषय तथा जानकारीसम्बन्धी सचेतनामूलक हातेपुस्तिका विमोचन गरिएको छ । साउदी अरेबियाका लागि नेपाली राजदूत डा. नरेशविक्रम ढकालले सचेतनामूलक हातेपुस्तिका विमोचन गरेका हुन् ।

हातेपुस्तिकामा मुख्य रूपमा साउदी अरेबियामा रहेका र त्यहाँ जान चाहने नेपाली श्रमिकले जान्नुपर्ने विषयहरू तथा दूतावासले प्रदान गर्ने सेवा तथा भूमिका, कन्सुलरसम्बन्धी सेवा, सामाजिक सुरक्षा योजना तथा साउदी अरबमा कुनै नेपालीको दुर्घटना–मृत्यु भएमा क्षतिपूर्ति तथा शव नेपाल पठाउने प्रक्रियालगायतका विषयहरूमा विस्तृतमा जानकारी समावेश गरिएको छ ।

राजदूत ढकालले सहभागीहरूलाई सम्बोधन गर्दै कार्यक्रमको मुख्य उद्देश्य साउदी अरबमा विभिन्न पेसा व्यवसाय तथा रोजगारी गरी बसेका करिब ४ लाख नेपाली र भविष्यमा आउने नेपाली श्रमिकहरूले समेत जान्नुपर्ने कुरा, पालना गर्नुपर्ने नियम र कर्तव्य, दूतावासले प्रदान गर्ने सेवा तथा भूमिका र साउदीको नियम–कानुनका ’boutमा सुसूचित गराउने र साउदी अरेबियामा रहेका नेपाली डायस्पोरामार्फत यससम्बन्धी अधिकतम सूचना एवं जानकारी प्रवाह गर्ने रहेको बताएका थिए ।

साथै, कार्यक्रममा उठेका विषयहरूलगायत नेपाल र साउदी अरेबियाबीचको द्विपक्षीय श्रम सम्झौता, दुर्घटना–मृत्यु भएमा नेपालीले पाउने क्षतिपूर्तिलगायत दूतावासले गरिरहेका महत्वपूर्ण कार्यहरू र प्रगति एवं चुनौतीका विषयमा समेत जानकारी गराएका थिए ।

कार्यक्रममा भर्चुअल माध्यमबाट श्रम गन्तव्य मुलुकका नेपाली नियोगहरूका राजदूतहरू, महावाणिज्यदूतहरू र अन्य पदाधिकारीहरू, परराष्ट्र मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, कन्सुलर सेवा विभाग, वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार बोर्डको सचिवालयका पदाधिकारीहरू सहभागी थिए ।

गर्न हुने र नहुने काम

कसैले पनि आफ्नो फोनबाट अनावश्यक म्यासेज वा कुरा नगर्नुहोस् । फेसबुक, इमो, ह्वाटस्एप, म्यासेन्जर वा अन्य माध्यमबाट साउदी कानुनको बर्खिलाप हुनेगरी कुनै कुरा अपलोड, सेयर, लाइक, कमेन्ट आदि नगर्नुहोस् ।

आफ्नो फोनबाट अरूलाई कुरा गर्न नदिनुहोस् । आफैंले पनि आफ्नो फोनबाट साउदीमा अपरिचित पुरुष वा महिलालाई सम्पर्क गरेर अनावश्यक कुरा नगर्नुहोस् ।

हुन्डी, हवाला वा अन्य कुनै पनि गैरकानुनी माध्यमबाट रकमको कारोबार नगर्नुहोस् । स्वदेशमा रकम पठाउँदा बैंकिङ माध्यमबाट मात्र पठाउनुहोस् ।

आफू रहेको मुलुकको धर्म, संस्कृति, परम्परा, रीतिरिवाज र राजनीतिक व्यवस्थाको सम्मान गर्नु तपाईं हाम्रो दायित्व हो । साउदी अरबमा रहँदा आफ्नो यो दायित्व पूरा गर्नुहोस् । आफ्ना धार्मिक तथा सांस्कृतिक क्रियाकलाप आफ्नो कोठाभित्र मात्र सीमित राख्नुहोस् ।

मदिराजन्य पदार्थको उत्पादन, बेचबिखन, ओसारपसार, सेवन तथा लागूपदार्थको सेवन वा कारोबार पूर्ण गैरकानुनी कार्य हो । यस्ता काममा संलग्न नहुनुहोस् ।

अरूको उक्साहटमा लागेर वा स्वयं पनि कम्पनीको काममा बाधा पु¥याउने, उत्तेजना फैलाउने वा द्वेष बढाउने कार्य, बन्द, हडताल, धर्ना, जुलुस तथा राजनीतिक सभा, सम्मेलन, गोष्ठी गर्नु पूर्ण गैरकानुनी हुनुका साथै ठूलो सजायसमेत हुने भएकाले यी कुनै पनि कार्यहरू नगर्नुहोस् ।

छुट्टीमा वा रोजगार करार सम्झौता समाप्त गरी नेपाल जाँदा अथवा नेपालबाट फर्केर आउँदा नेपाल एवं साउदी अरबको कानुनले निषेध गरेका कुनै पनि (आफ्नो वा अन्य कुनै व्यक्तिको) मालसामान वा सुनलगायत बहुमूल्य धातु लैजाने वा ल्याउने नगर्नुहोस् ।

कुनै अन्य व्यक्तिका कानुनतः वर्जित मालसामान बोक्नुभएको छ भने त्यसको सम्पूर्ण जिम्मेवार तपाई आफैं हुनुहुनेछ । कानुनले प्रतिबन्ध लगाएका सामान ल्याउने लैजाने गरेका कारण धेरै नेपाली सम्बन्धित निकायको कारबाहीमा परेका छन् । तसर्थ, त्यस्ता कार्यमा संलग्न नहुनुहोस् ।

स्थानीय कानुन, ट्राफिक नियम र अनुशासनको पालना गर्नुहोस् र कानुनी कारबाही हुनबाट बच्नुहोस् । ट्राफिक नियमको उल्लंघन गरी बाटो काट्दा धेरै नेपालीको निधन हुनुका साथै गम्भीर घाइते हुने गरेका छन् । तसर्थ, बाटो काट्दा तोकिएको स्थान वा संकेत भएको ठाउँबाट मात्र काट्ने गर्नुहोस् । ट्राफिक नियमको उल्लंघन गरी बाटो काट्दा दुर्घटनामा परी निधन भएकाहरूको परिवारले क्षतिपूर्तिसमेत पाउँदैनन् ।

गर्मी तथा सुक्खा हावापानी भएकाले प्रशस्त पानी पिउनुहोस् । कोठाबाहिर र कोठाभित्रको तापक्रम सन्तुलन हुनेगरी एसी चलाउनुहोस् । दिनभरि घाममा काम गरेर कोठामा छिर्ने बित्तिकै एकैचोटि धेरै चिसो हुनेगरी एसी चलाउने तथा धेरै चिसो पानी वा चिसो पेय पदार्थ उपयोग गर्ने नगर्नुहोस् ।

पारिश्रमिक बढी पाउने लोभमा रोजगार करार सम्झौताभन्दा फरक काम र कम्पनी नखोज्नुहोस् । विधिवत् कफला हस्तान्तरण नभएसम्म कम्पनी छोडेर भाग्ने वा काम छोड्ने नगर्नुहोस् । कम्पनी छोडेर भागेको अवस्थामा अवैध हुन गई स्वदेश फर्कन तथा बिरामी भए उपचार गर्न समस्या पर्छ । साथै, अवैध रूपमा काम गरिरहेको अवस्थामै कार्य दुर्घटनामा परी मृत्यु भएमा परिवारले सामाजिक सुरक्षा बिमाबापत कुनै रकम पाउँदैनन् ।

रोजगार करार अवधि सकिने मिति यकिन गर्नुहोस् । करार अवधिभन्दा बढी बस्न कानुनतः मिल्दैन । करार अवधि सकिनुअघि नै एक्जिट भिसा लगाउने वा करार सम्झौता नवीकरण गर्ने यकिन गर्नुहोस् । सोअनुसार कम्पनीमा लिखित आवेदन दिनुहोस् । करार सम्झौता नवीकरण गर्नुपर्ने भए पुनः श्रम स्वीकृति लिने व्यवस्था गर्नुहोस् । एउटा कम्पनीसँगको करार समाप्त भई अर्को कम्पनीसँग करार गर्ने भएमा साउदी सरकारले उपलब्ध गराएका आधिकारिक पोर्टल प्रयोग गर्नुहोस् ।

आफ्नो अकामा फोटोकपीसमेत अरूलाई नदिनुहोस् । तपाईंको अकामाको पूर्ण जिम्मेवारी तपाईंमा हुन्छ । तपाईंको अकामा प्रयोग गरी कसैले बदमासी ग¥यो भने त्यसको दोष तपाईंमा आउँछ र तपाईं सजायको भागी हुनुहुन्छ । माथि भनेझैं आफ्नो टेलिफोन पनि अरूलाई नदिनुहोस् । त्यसरी दिएर गलत कल गरेमा कानुनअनुसार तपाईं पनि कारबाहीमा पर्नुहुनेछ ।

कम्पनीमा आफूले गर्नुपर्ने दैनिक कामको तालिका प्राप्त गर्नुहोस् । यसबाट तपाईंको अधिकार स्थापित गर्न सहज हुनेछ । आफूसँगै काम गर्ने अरू देशका कामदारसँग सभ्य व्यवहार गर्नुहोस्, झगडा नगर्नुहोस् । आफ्नो म्यानेजर वा सुपरभाइजरसँग सम्मानजनक व्यवहार गर्नुहोस् । स्वयं एवं विदेशी कामदारको लहैलहैमा लागेर धेरै नेपालीले सामान चोरी गरेका आरोपका मुद्दाहरू वर्षौंदेखि विभिन्न अदालतमा रहेका छन् । तसर्थ, चोरीजस्तो जघन्य अपराध नगर्नुहोस् ।

बिरामी भएमा समयमा नै अस्पताल जानुहोस् र यसमा कम्पनीको सहयोग आवश्यक पर्नेमा आधिकारिक व्यक्तिलाई भन्नुहोस् । काम गर्दा कामको प्रकृतिअनुसार व्यवसायजन्य सुरक्षाका उपायहरू अपनाउनुहोस् र सुरक्षाका सामग्री प्रयोग गर्नुहोस् । यो खबर राजधानी दै्रनिकमा छ । 

सम्बन्धित समाचार