२०८२ मंसीर १२ गते , शुक्रबार

बिर्तामोडमा कोशी प्रदेशस्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनी, एक लाखले अवलोकन गर्ने लक्ष्य

sajilo news
झापा
२०८२ जेष्ठ २१ गते , बुधबार
बिर्तामोडमा कोशी प्रदेशस्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनी, एक लाखले अवलोकन गर्ने लक्ष्य

झापाको बिर्तामोडमा कोशी प्रदेश स्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनी हुने भएको छ । नेकपा (एमाले) विज्ञान तथा प्रविधि विभाग कोशीको आयोजनामा बिर्तामोडस्थित देवी माध्यमिक विद्यालयको प्राङ्गणमा यही जेठ २४ देखि २६ गतेसम्म विज्ञान तथा प्रविधि प्रदर्शनी हुने लागेको हो । 
आयोजकले बुधवार प्रदर्शनी स्थलमा पत्रकार सम्मेलनको आयोजना गर्दै १२ जिल्लाका ७० विद्यालयले सहभागी हुने जनाएको छ । प्रतियोगिताको उद्घाटन पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम तय आयोजकले जनाएको छ ।
झापा जिल्लाभरिका माध्यमिक तहका ३९६ विद्यालयका विद्यार्थीसहित कोशी प्रदेशका गरी एक लाख भन्दा बढी विद्यार्थीले अवलोकन गर्ने नेकपा (एमाले) विज्ञान तथा प्रविधि विभाग कोशीका संयोजक गणेश पोखरेलले जानकारी दिए । प्रदर्शनीमा अप्रतियोगी २० वटा सशुल्क स्टलहरू रहने छन् भने एक सय भन्दा बढी स्टल रहने संयोजक पोखरेलले बताए । प्रदर्शनीको लागि स्टलहरू निर्माण कार्य अन्तिम चरणमा पुगेको उनको भनाई छ । 
प्रतियोगितामा उत्कृष्ट हुनेलाई नगद ४ लाख, द्वितीय हुनेलाई तीन लाख, तृतीय हुनेलाई दुई लाख र सान्त्वना पुरस्कार एक लाख रुपैयाँ प्रदान गरिने छ । त्यस्तै प्रतिभा प्रोत्साहन पुरस्कार २५ वटा प्रदर्शनीलाई नगद २५ हजार रुपैयाँका दरले पुरस्कृत गरिनेछ । 
विद्यार्थीमा विज्ञान तथा प्रविधि सम्बन्धी खोज तथा अनुसन्धानलाई प्रस्तुत गर्ने, विद्यार्थीका मैलिक प्रकृतिका आविष्कार तथा अन्वेषणलाई प्रोत्साहन गर्ने कार्यक्रमको मुख्य उद्देश्य रहेको छ । 
नेकपा एमाले कोशी प्रदेशका इन्चार्ज तथा पूर्व मुख्यमन्त्री शेरधन राईले प्रदर्शनी सबैको साझा भएकाले अवलोकनका लागि सबैलाई आग्रह गरेका छन् ।
प्रदर्शनी सम्पन्न गर्न करिब ४४ लाख ५० हजार रुपैयाँ खर्च हुने जनाएको छ । खर्च व्यवस्थापनका लागि कन्सलट्यान्सी सहितका २० वटा स्टलबाट एक लाख रुपैयाँका दरले २० लाख, झापाका १५ वटा स्थानीय तह र अन्य विभिन्न सङ्घसंस्थासँग सहकार्य गरिने छ । प्रतियोगितामा पुरस्कार राशि मात्रै १६ बढी खर्च हुने जनाइएको छ ।
 

सम्बन्धित समाचार