२०८३ बैशाख २१ गते , सोमबार
हल्दिबारीको पाथीभरा मन्दिरमा तोडफोड
झापाको हल्दिबारी गाउँपालिका-४ मा रहेको पाथीभरा मन्दिरमा तोडफोड भएको छ । आज दिउँसो ३.३० बजे मन्दिरमा कोही पनि नभएको अवस्थामा तत्काल नाम ,थर र वतन नखुलेको अन्दाजी ३–४जना युवाले सोही मन्दिरको पुजारी बस्ने भवनको सिसाको झ्याल र तीन वटा कुर्सी तोडफोड गरेका हुन् । घटनाबारे सोही मन्दिरका पुजारीले प्रहरी चौकी जलथलमा जानकारी गराएका छन् ।
मन्दिरका पुजारी काम विशेषले बाहिर गएको र फर्केर आउँदा तोडफोड गरी फरार भएको बुझिएको छ । तोडफोडमा संलग्न व्यक्तिहरूको पहिचान तथा खोजतलास गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।