२०८३ बैशाख २३ गते , बुधबार

रोकिएन बिर्तामोडमा चोरीका घटना, फेरि १३ लाखको धनमाल चोरी

sajilo news
झापा
२०८२ जेष्ठ ४ गते , आईतबार
रोकिएन बिर्तामोडमा चोरीका घटना, फेरि १३ लाखको धनमाल चोरी

झापाको बिर्तामोडमा चोरीको शृङ्खला रोकिएको छैन । करिब दुई सातामा बिर्तामोडमा तेस्रो पटक लाखौँको चोरी भएको हो।हिजो राति बिर्तामोड नगरपालिका-५ कञ्चनजङ्घा टोल बस्ने कुमार बुढाथोकीको घरबाट सुनको गरगहना ६ तोला १४ आना, चाँदीको गरगहना ६ तोला र नगद रु २० हजार गरी अन्दाजी १३ लाख बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ । 

बुढाथोकी परिवार इटहरी गएको मौकामा घरमा कोही नभएको अवस्थामा चोरी भएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।यसअघि पनि बिर्तामोडमा कोही नभएको मौका छोपी ढोका फोरी चोरीका घटना भएका छन् ।

गत बैशाख २६ गते बिर्तामोड-३ पुण्डरी टोल बस्ने किरण दाहालको घरबाट २९ लाखको धनमाल चोरी भएको थियो भने त्यसअघि बैशाख १५ गते दिनदहाडै ढोका फोरी बिर्तामोड –४ हिमशिखर टोल बस्ने कमला कार्कीको घरबाट २९ लाख बराबरको धनमाल चोरी भएको थियो ।

सम्बन्धित समाचार