२०८३ बैशाख २३ गते , बुधबार

पञ्जाबसँगको हारसँगै चेन्नाई प्लेअफबाट बाहिरियो

sajilo news
एजेन्सी
२०८२ बैशाख १८ गते , विहीबार
पञ्जाबसँगको हारसँगै चेन्नाई प्लेअफबाट बाहिरियो

पन्जाब किङ्गसँग ४ विकेटको हारसँगै चेन्नई सुपर किङ्स इन्डियन प्रिमियर लिग (आइपीएल) २०२५ को प्लेअफ खेल्ने सम्भावना सकिएको छ। चेन्नाईलाई पराजित गरेसँगै पञ्जाब भने अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ। बुधबार घरेलु मैदान एमए चिन्दबरम स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको चेन्नाईले १९० रन बनाएको थियो। 

चेन्नाईले दिएको १९१ रनको विजय लक्ष्य पछाएको पन्जाबले १९.४ ओभरमा ६ विकेट गुमाउँदै १९४ रन सहित लक्ष्य पूरा गर्यो। पञ्जाबका लागि ओपनर ब्याटर प्रविसिम्रन सिंह र कप्तान श्रेयस ऐय्यरले अर्धशतकीय पारी खेले। 

कप्तान श्रेयस ऐय्यरले सर्वाधिक ७२ रनको पारी खेले। प्रविशमरन सिंहले ५४ रनको पारी खेले। अर्का ओपनर प्रियाशं अर्या र मिडलअडर ब्याटर शशांक सिंहले समान २३ /२३ रन बनाए। चेन्नाईका लागि बलिङतर्फ खलील हमिद र माथेसेना पाथिरानाले समान २/२ विकेट लिए। रविन्द्र जडेजा र नुर अहमदले १/१ विकेट लिए।

पहिलो इनिङमा ब्याटिङ गरेको चेन्नाई १९.२ ओभरमा १९० रन बनाउँदै अलआउट भएको थियो। चेन्नाइका लागि साम करणले सर्वाधिक ८८ रनको पारी खेले। ओपनर साइक रसिदले ११ रन बनाउँदा अर्का ओपनर आयुष माथ्रे भने ७ रनमै पेभेलियन फर्के। रविन्द्र जडेजाले १७ रन र डिवलाद ब्रेवीस ले ३२ रन बनाए कप्तान एमएस धोनी ११ रनमा क्याचआउट हुँदै पेभेलिन फर्किए।

पञ्जाबको बलिङतर्फ युज्वेन्द्र चेहलले ह्याट्रिक विकेट लिए। यो यस सिजनको पहिलो ह्याट्रिक विकेट हो। चेहलको भने आइपीएलको करिअरमा यो दोस्रो ह्याट्रिक हो। उनले ह्याट्रिकसहित ४ विकेट लिए। आर्शदिप सिंह र मार्को ज्यान्सनले २-२ विकेट लिए।अजमतुल्ला ओमरजाई र हरप्रीत ब्रारले १-१ विकेट लिए।
चेन्नईलाई हराएसँगै पञ्जाबले १० खेलमा ६ जित, ३ हार र एक खेलमा अङ्क बाँडेसँगै १३ अङ्क जोड्दै पन्जाब दोस्रो स्थानमा उक्लेको हो। 

चेन्नाईको लागि भने यो सिजन बिर्सन लायक बन्यो। चेन्नाई दशौं खेलमा पन्जाबसँग हार बेहोर्दै अङ्कगणितीय रुपमा नै यस प्रतियोगिताको प्लेअफ खेल्ने सम्भावनाबाट बाहिरिएको छ। १० खेलमा २ मात्र जित दर्ता गरेको चेन्नई चार अङ्क जोड्दै पुछारमा रहेको छ।

आइपीएलमा बिहीवार एक खेल रहेको छ। आजको खेल राजस्थान रोयल्सले मुम्बई इन्डियन्ससँग खेल्नेछ। खेल नेपाली समय अनुसार ७:४५ मा सुरु हुनेछ।

सम्बन्धित समाचार