२०८३ बैशाख २३ गते , बुधबार

कोलकाताले दिल्लीलाई १४ रनले हरायो

sajilo news
एजेन्सी
२०८२ बैशाख १७ गते , बुधबार
कोलकाताले दिल्लीलाई १४ रनले हरायो

इन्डियन प्रिमियर लिग (आइपीएल)मा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई हराएको छ। कोलकाताले दिल्लीलाई १४ रनले हराएको हो। 

दिल्लीको घरेलु मैदान अरुण जेट्ली स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको कोलकाताले २०४ रन बनाएको थियो। कोलकाताले दिएको २०५ रनको लक्ष्य पछाएको दिल्लीले २० ओभरमा ९ विकेट गुमाउँदै १९० रन मात्रै बनायो। 

दिल्लीका लागि ओपनर फाफ डु पेल्सिसले सर्वाधिक ६२ रनको पारी खेले। उनले ४५ बलमा ७ चौका र २ छक्का प्रहार गरे। करुण नैरले १५ रन बनाउँदै पेबिलियन फर्किए। कप्तान अक्षर पटेलले ४३ रन बनाउँदा विपराज निगमले ३८ रन बनाए। अन्य कुनै पनि ब्याटरको ब्याटबाट दोहोरो अङ्कको रन बनेन। 

कोलकाताको लागि बलिङतर्फ सुनिल नारायणले सर्वाधिक ३ विकेट लिए। वरुण चक्रवर्तीले २ विकेट लिँदा अकुल रोय, वैभव अरोरा र एन्ड्रे रसेलले १-१ विकेट लिए। त्यसअघि ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै २०४ रन बनाएको थियो। कोलकाताको लागि अङ्गकृत रघुवंशीले सर्वाधिक ४४ रनको पारी खेले। ओपनरद्वय रहमुल्लाह गुरबाज र सुनिल नारायणले क्रमश २६ र २७ रन बनाए । कप्तान अजिन्क्य रहाणेले २६ रन बनाए । रिङकु सिंहले ३६ र एन्द्रे रसेलले १७ रन बनाए।

दिल्लीका लागि बलिङतर्फ मिचेल स्टार्कले सर्वाधिक ३ विकेट लिए । बिपराज निगम र अक्षर पटेलले २-२ विकेट लिए। दुश्मन्था चमेराले १ विकेट लिए।

अहिले चौथो स्थानमा झरेको छ। दिल्लीले १० खेल खेल्दा ६ जित र चार हारसहित १२ अङ्क जोडेको छ। यता कोलकाताको लागि पनि यो दशौं खेल थियो। कोलकाताले ४ जित, ५ हार र एक खेलमा अङ्क बाँड्दै ९ अङ्क जोडेको छ। 

आइपीएलमा बुधबार एक खेल रहेको छ। बुधबारको खेलमा चेन्नाई सुपर किङ्सले पन्जाब किङ्ससँग खेल्ने तालिका रहेको छ। खेल नेपाली समयअनुसार साँझ ७:४५ बजे सुरु हुनेछ।

सम्बन्धित समाचार